चोकको नाम बीपी चोक राख्ने बारेमा काँग्रेस कार्यकर्ताबीच विवाद

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १०:१० मा प्रकाशित

उदयपुर, २१ भदौ– उदयपुरको बेल्टार–२ को मुख्य चोकको नाम बिपी चोक वा आरपी चोक राख्ने भन्ने विषयमा स्थानीय कांग्रेस कार्यकर्ताबीच NC-Flagविवाद भएको छ ।
काँग्रेसको एउटा पक्ष  उक्त चोकको नाम बीपी चोक नामकरण गर्ने पक्षमा छ भने अर्को पक्षले २००७ सालका प्रजातन्त्र सेनानी तथा काँग्रेस नेता स्व। रामप्रसाद राईको नाममा आरपी चोक राख्नुपर्ने अडानमा छन् ।

दुई पक्षबीच लामो समयदेखि चोकको नाम के राख्ने भन्नेमा विवाद छ । काँग्रेसले १० वर्षअघि नै उक्त चोकको नाम बीपी चोक राख्ने निर्णय गरेको छ ।

स्थानीय बेल्टार बसाहाको स्थापना नै २००७ सालका प्रजातान्त्रिक योद्धा स्व। रामप्रसाद राईले स्थापना गरेको हुनाले उनकै नामबाट चोकको नाम आरपी चोक हुनुपर्ने तर्क अर्को पक्षको छ ।

यसैबीच काँग्रेसले संयोजक राजेन्द्र राईको संयोजकत्वमा वार्ता समिति गठन  भएको छ । समस्या समाधानको प्रयासमा धेरैपटक वार्ता भए पनि कुरा नमिलेको वार्ता समिति संयोजक राजेन्द्र राईले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us