दुई नेपाली अधिकारकर्मीलाई कतार सरकारले बेपत्ता पारेको खुलासा

काठमाण्डु टुडे २०७१ भदौ २२ गते ३:५१ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– कतारले नेपाली मूलका  अधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरे आफ्नो नियन्त्रणमा रहेको जनाएको छ ।

nepali
कतारको विदेश मन्त्रालयले आफ्नो मुलुकको कानून  उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । नेपाली कामदारको अवस्था अध्ययन गर्न नर्वेबाट कतारको राजधानी दोहा पुगेका उनीहरु एक सातादेखि बेपत्ता थिए ।
ग्लोबल नेटवर्क फर राईट्स एण्ड डेभलपमेन्ट ‘जीएनआरडी’ नामक एनजिओमा कार्यरत उनीहरूलाई गत सता सादा पोशाकका प्रहरीले होटलबाट पक्रेर लगेका थिए ।

कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उनीहरुमाथि छानबिन भइरहेको र अवस्थाबारे बेलायतको परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको उल्लेख छ ।

उनीहरु दुवै बेलायती पासपोर्टबाहक भएकाले खोजी गरिदिन  बेलायती विदेश मन्त्रालयले अपिल गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us