काठमाण्डु, २४ भदौ– एकीकृत माओवादीले नेता बाबुराम भट्टराई पक्षले गोरखामा खोलेको समानान्तर पार्टी कार्यालय बन्द गर्न निर्देशन दिएको छ ।

शीर्ष नेता सम्मिलित वैचारिक बहस व्यवस्थापन समितिको मंगलबारको बैठकले नेता उक्त कार्यालय बन्द गर्न निर्देशन दिएको हो ।
बैठकले समानान्तर कमिटीहरु पनि नबनाउने सहमति भएको भट्टराई पक्षीइ नेता देवेन्द्र पौडेलले जानकारी दिए । ‘समानान्तर कमिटीहरु नबनाउने सहमति भएको छ’, पौडेलले भने, ‘गोरखामा साथीहरुबाट खोलिएको छुट्टै कार्यालय बन्द गर्ने भन्ने भएको छ ।’
यानप्रसाद भट्टको नेतृत्वमा समानान्तर कमिटी गठन रगेको भट्टराई पक्षले सोमबार मात्र आफ्नो छुट्टै कार्यालय स्थापना गरेको थियो ।