काठमाण्डु, २५ भदौ– दसैंका लागि राजधानी बाहिरिने यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।
सरकार र व्यवसायीबीचको पूर्वसहमतिअनुसार आजबाट टिकट बुकिङ खुलेको हो । केही व्यवसायीले तोकिएको समय अगावै टिकट बिक्री गरेको पाइएपछि यातायता व्यवस्था भिवागले ती व्यवसायीमाथि कारबाही प्रक्रिया थालेको छ ।
यसैबीच सरकारले टिकट बिक्री सहज बनाउन व्यवसायीलाई निर्देशन दिएको छ । सरकारले चाडपर्वका बेला गाडी भाडा नबढाउन पनि भनेको छ । यातायात व्यवस्था कार्यालयले व्यवसायीको दबाबमा केही समयअघि मात्र गाडी भाडा बढाउन सहमति दिएको थियो ।
यस्तै सरकारले सुरिक्षत यात्राको व्यवस्था मिलाउन तथा अनुगमन गर्न पनि सम्वद्ध पक्षलाई निर्देशन दिएको छ ।