काठमाण्डु, २५ भदौ– गत शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह र पञ्चायतकालीन पृष्ठभूमिका ४ पूर्वप्रधानमन्त्रीबीच नागार्जुनमा गोप्य भेटवार्ता भएको
समाचार सञ्चार माध्यममा आयो ।
दिवाभोजसहित भएको उक्त भेटमा पूर्वप्रधानमन्त्रीहरु तुलसी गिरी, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा सहभागी भएको समाचार आएको थियो । तर समाचारमा भनिएजस्तो कीर्तिनिधि विष्ट ज्ञानेन्द्र भेट्न नागार्जुन गएका थिएनन् ।
ज्ञानेन्द्रले बोलाए पनि विष्ट नगएको स्रोतले काठमाण्डु टुडेलाई बतायो । स्रोतका अनुसार विष्टले गलत मान्छेहरुको सल्लाहमा हिंडेको भन्दै ज्ञानेन्द्रलाई भेट्न अस्वीकार गरेका हुन् । लञ्च बैठकमा राजतन्त्र पुनस्र्थापनाको सम्भावना,
सनातन हिन्दू राष्ट्र पक्षधर शक्तिबीच एकतालगायत विषयमा ज्ञानेन्द्रले तीन पूर्वप्रधानमन्त्रीसँग राय लिएका थिए । उनले प्रमुख दल काँग्रेस, एमाले र एमाओवादीसँग जनता चिढिएको भन्दै यही अवसरलाई उपयोग गर्ने पक्षमा आफू रहेको बताएका थिए ।