दुवै माओवादीमा भद्रगोल

काठमाण्डु टुडे २०७१ भदौ २५ गते १:४३ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– बनाउन खोज्दा झन् बिग्रने समस्याले दुवै माओवादी भद्रगोलमा फसेका छन् ।
prachanda-baidhyaमिल्नै नसक्ने भएपछि फरकफरक बाटो रोजेका दुई समूह आ–आफ्नो बाटो स्पष्ट गर्न नसकेर झन् अन्योलमा फसेका छन् । बहिस्कार गर्दा पनि निर्वाचन सफल भएर संविधानसभाले गति लिन थालेपछि नेकपा–माओवादीले अबको आफ्नो भूमिका तय गर्न सकेको छैन ।

त्यस्तै निर्वाचनमा उत्साहपूर्ण अग्रसरता लिएको एमाओवादी पछारिएपछि उठ्न खोज्दा पनि उठ्न सकेको छैन । बहिस्कार र पराजयपछि चर्किएका विवाद व्यवस्थापन गर्न दुवै माओवादीले विशेष महाधिबेशनको बाटो रोजेका छन् । एमाओवादीमा संगठनात्मक विवाद चर्किएको छ भने नेकपा–माओवादीमा वैचारिक–राजनीतिक अन्तरसंघर्ष बढेको छ ।

नेकपा–माओवादीले एक वर्षभित्र विशेष महाधिवेशन गर्ने निर्णय लिइसकेको भने एमाओवादीको शीर्ष नेताहरुले विशेष महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लग्ने समझदारी गरेका छन् ।
पार्टीको केन्द्रीय समितिदेखि राष्ट्रिय सम्मेलनसम्मका फोरमबाट विवाद व्यवस्थापन गर्न नसक्ने निष्कर्षसँगै विशेष महाधिवेशनमा जान नेकपा–माओवादी तयार भएको हो ।

पार्टी निर्णयमा हेरफेर भएन भने ०७२ को वैशाख–जेठभित्र नेकपा–माओवादीले विशेष महाधिवेशन गर्नेछ । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us