दलाललाई पैसा खुवाएर अमेरिका छिर्न खोज्ने ३४ नेपाली कोष्टारिकामा पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ २५ गते ४:२७ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– गैरकानुनीरुपमा अमेरिका छिर्न खोज्ने ३४ नेपाली दक्षिण अमेरिकी मुलुक कोष्टारिकामा पक्राउ परेका छन् ।
nepali-in-costaricaउनीहरुलाई त्यहाँको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।
। दलालहरुले  निकारागुवातर्फ लगिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरीले कोष्टारिकाको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सेन्ट्रल प्यासिफिक कोष्टबाट शुक्रबार ७ जना र पनामाको सीमा क्षेत्रबाट सोमबार २७ जनालाई पक्राउ गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

दलालले इक्वेडरबाट कोष्टारिका हुँदै निकारागुवातर्फ लैजाने क्रममा बसेको स्थानबाट उनीहरु पक्राउ परेको स्थानीय टिको टाइम्स पत्रिकाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us