एमाओवादीसहित विपक्षीले आज पनि संसद चल्न नदिने

काठमाण्डु टुडे २०७१ भदौ २५ गते ३:३० मा प्रकाशित

काठमाण्डु, २५ भदौ– एकीकृत माओवादीसहित प्रतिपक्षी दलले आज पनि व्यवस्थापिका–संसद बैठक अवरुद्ध गर्ने भएका छन् ।
प्maoist-flagरमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलले चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै लगातार संसद चल्न दिएका छैनन् ।

एक साताअघि बसेको बैठक पनि विपक्षीले अवरुद्ध गरेपछि आजसम्मका लागि स्थगित भएको थियो । प्रतिपक्षी दलले सत्ता पक्षले चार बुँदे सहमति कार्यान्वयन नगरेसम्म संसद चल्न नदिने बताउँदै आएका छन् ।

संसद बैठक सुचारु हुन नसक्दा विनियोजन विधेयकमाथिको छलफल अघि बढ्न सकेको छैन । पछिल्लो समय संसद बैठक सुचारु गराउनेबारे दलहरुबीच छलफल नभएकाले आजको बैठक पनि अवरुद्ध हुने सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us