समाचार

तीन महिनामा काम गरेर देखाइदिन्छु : उद्योगमन्त्री

२०७१ भदौ ३१ गते १०:५९

काठमाण्डु, ३१ भदौ – उद्योगमन्त्री महेश बस्नेतले आफूलाई केही काम गरेर देखाउन तीन महिनाको समय दिन आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले आफूले तत्काल रुग्ण उद्योग सञ्चालन गर्न प्रयास थाल्ने र त्यसको लागि तत्काल कार्ययोजना ल्याउने तयारीमा आफू...

दशैंमा घर जाने टिकट नपाएपछि सभासदकाे बिचल्ली

२०७१ भदौ ३१ गते १०:५०

काठमाण्डु, ३१ भदौ – दशैंमा घर जान गाडी र हवाइजहाजको टिकट नपाएर सर्वसाधारणले गुनासो गरिरहेका बेला संविधानसभाका सभासदहरुले पनि उस्तै समस्या झेल्नु परेको खुलासा भएको छ । संसदको विकास समितिको मंगलवारको बैठकमा केही सभासदले आफूले टिकट नपाएर घर जान नपाउने अवस्था सिर्जना भएको गुनासो...

क्यान्सरबाट वर्षेनी ८० लाखको मृत्यु, नेपाल उच्च जोखिममा

२०७१ भदौ ३१ गते ८:५९

काठमाण्डु, ३१ भदौ – विश्वमा बर्षेनी ८० लाखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । साथै नेपालमा क्यान्सर रोगीको वृद्धिदर उच्च रहेको जानकारी गराएका छन् । मङगलबार राजधानीमा आयोजित नेपाल अर्बुद्ध रोग निवारण संस्थाको ३२ औं वार्षिकोत्सव कार्यक्रममा उक्त कुराको जानकारी गराइएको...

३३ दलले ऐतिहासिक मौका गुमाए : कानुनमन्त्री

२०७१ भदौ ३१ गते ८:३१

काठमाण्डु, ३१ भदौ – कानुनमन्त्री नरहरि आर्चायले अब फेरि गोलमेच सम्मेलन नहुने बताएका छन् । वैद्य माओवादीले सम्मेलन बहिष्कार गरेपछि स्थगित भएको राजनीतिक सम्मेलन पुन: नहुने आचार्यले पत्रकारसँग कुरा गर्दै संकेत गरेका हुन् । आज हुने तय भएको सो सम्मेलनमा ३३ दलीय मोर्चा नआउनेभएपछि...

चिकित्सकको लापर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

२०७१ भदौ ३१ गते ६:३२

काठमाण्डु, ३१ भदौ – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकको लापर्वाहीले सुत्केरीको मृत्यु भएको विषयलाई लिएर आफन्तले अस्पतालमा विरोध जनाएका छन् । बनस्थली ढुंगेधारा बस्ने कास्कीको पोखरा – १५ घर भएकी २४ वर्षिया सुत्केरी महिला धरना तामाङको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु...

जापनिज इन्सेफलाइटिसबाट तीनको मृत्यु

२०७१ भदौ ३१ गते ५:१७

विराटनगर, ३१ भदौ– मोरङमा जापनिज इन्सेफलाइटिसबाट थप तीनजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार इन्सेफलाइटिसका कारण उर्लाबारी–१ की ४४ वर्षीया कमला भण्डारी, उर्लाबारी–३ का ४ वर्षीय उजीर धामी र ८६ वर्षीय दलबहादुर श्रेष्ठको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना...

पहिरोले घर पुर्दा एकै परिवारका तीनको मृत्यु

२०७१ भदौ ३१ गते ३:५३

रोल्पा, ३१ भदौ– अविरल वर्षासँगै गएराति खसेको पहिरोले घर भत्किँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पाको जुगार–५ खानीखोलाका जीतबहादुर पुनको घर पहिरोले पुरिँदा जीतबहादुरसहित उनकी श्रीमती ४० वर्षीया कल्पना र ५ वर्षीया छोरी विपनाको मृत्यु भएको हो । घटनास्थलमा प्रहरीले...

वैद्य माओवादी नजाने भएपछि राजनीतिक सम्मेलन स्थगित

२०७१ भदौ ३१ गते ३:४२

काठमाण्डु, ३१ भदौ– आफ्नै मागअनुसार मंगलबारबाट हुने भनिएको सर्वपक्षीय राजनीतिक सम्मेलनमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सहभागी नहुने भएपछि स्थगित भएकाे छ । सम्मेलनअघि शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा लिखित समझदारी आफ्नो सर्त काँग्रेस–एमालेले अस्वीकार गरेपछि नेकपा–माओवादीको सम्ेमलनमा भाग नलिने बताएको हो । प्रमुख तीन दल...

नेपाली दूतावासमा भारतीय अड्डा

२०७१ भदौ ३१ गते २:५६

काठमाण्डु, ३१ भदौ– कुनै पनि देशको दूतावास परिसरलाई उसको भूमिसरह मानिन्छ ।  त्यहाँभित्र दोस्रो देशको उपस्थितीलाई समेत ‘अस्वभाविक’ रुपमा लिइन्छ । तर भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भारत सरकारको कूटनीतिमै असम्भव मानिने आश्चार्यजनक उपस्थिति छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारत सरकारले करिब १६...

श्रीमतीलाई बन्चरोले हाने, अनि आफैँ झुन्डिए

२०७१ भदौ ३१ गते २:४८

बागलुङ, ३१ भदौ– श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या प्रयास गरेका श्रीमानले झुण्डिएर आत्महत्या गरेका छन् । बोवाङ–९ का नमसिंह विकले श्रीमती लीलालाई बन्चरो हानेर हत्या प्रयास गरेका हुन् । शनिबार साँझ भएको अन्तिम असफल प्रयासपछि आफू भने पासो लगाएर घरैमा झुन्डिएका थिए । ढोरपाटन...

ओलीप्रति माधव नेपाल पक्ष आगो

२०७१ भदौ ३१ गते २:४४

काठमाण्डु, ३१ भदौ– अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै एमालेमा असन्तुष्टि बढेको छ । नेता माधवकुमार नेपालले ओलीका काम कारबाहीमाथि सोमबारको पदाधिकारी बैठकमै प्रश्न उठाएका हुन । संवैधानिक निकायमा नियुक्त गर्ने व्यक्तिहरु,  आयोजना विकास सम्झौता पिडिएको विषयमा छलफलका लागि...

१७ सभासद मनोनयनविरुद्ध सर्वोच्चमा रिट

२०७१ भदौ ३१ गते २:२५

काठमाण्डु, ३१ भदौ– संविधानसभामा मनोनित २६ सभासदका विषयमा सर्वोच्च अदालतको संयुक्त इजलासले दिएको आदेश बदर गर्न सरकार आफैंले दिएको पुनरावलोकन निवेदन विचाराधीन रहेकै अवस्थामा १७ जना मनोनितको निर्णय गरेको भन्दै सोमबार रिट निवेदन दायर भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ सरकारले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us