क्यान्सरबाट वर्षेनी ८० लाखको मृत्यु, नेपाल उच्च जोखिममा

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते ८:५९ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ – विश्वमा बर्षेनी ८० लाखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । साथै नेपालमा क्यान्सर रोगीको वृद्धिदर उच्च रहेको जानकारी गराएका छन् ।

cancerमङगलबार राजधानीमा आयोजित नेपाल अर्बुद्ध रोग निवारण संस्थाको ३२ औं वार्षिकोत्सव कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सिंचाइँमन्त्री एनपी साउदले आफ्नो बुबाको मृत्यु क्यान्सरबाट भएकाले जाँड, रक्सी र चुरोटको कूलतमा नफस्न आग्रह गरेका छन् ।

संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर)लाई सामाजिक संस्था दया फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

सस्थाले धुम्रपानविरुद्ध जनचेतना फैलाउन सहयोग गरेवापत रिपुमर्दनी सैनिक विद्यालयलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

संस्था ३२ वर्षअघि देखि क्यान्सर रोकथामका लागि सक्रिय रहँदै आएको छ । साथै सस्थाले भक्तपुरमा १०० शैयाको गैरनाफामुलक क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us