चिकित्सकको लापर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते ६:३२ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकको लापर्वाहीले सुत्केरीको मृत्यु भएको विषयलाई लिएर आफन्तले अस्पतालमा विरोध जनाएका छन् ।

tuhospitalबनस्थली ढुंगेधारा बस्ने कास्कीको पोखरा – १५ घर भएकी २४ वर्षिया सुत्केरी महिला धरना तामाङको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै तोडफोडमा उत्रिएका हुन् । तोडफोडबाट अस्पतालको डाइलोसिस भवनको तेस्रो तल्लामा क्षति पुगेको प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

गत भदौ १५ गते शल्यक्रिया गरिएकी महिला धरनाको उपचारकै क्रममा सोमबार राती १०स्४० मा मृत्यु भएको हो ।

मृतकका आफन्तले चिकित्सकको लापर्वाहीको कारण सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाएका छन् भने अस्पतालले महिलाको किड्नी फेल भएर ज्यान गएको जनाएको छ ।
धरनाकी छोरीको अवस्था भने स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us