पहिरोले घर पुर्दा एकै परिवारका तीनको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते ३:५३ मा प्रकाशित

रोल्पा, ३१ भदौ– अविरल वर्षासँगै गएराति खसेको पहिरोले घर भत्किँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

रोल्पाको जुगार–५ खानीखोलाका जीतबहादुर पुनको घर पहिरोले पुरिँदा जीतबहादुरसहित उनकी श्रीमती ४० वर्षीया कल्पना र ५ वर्षीया छोरी विपनाको मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरीले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us