जापनिज इन्सेफलाइटिसबाट तीनको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते ५:१७ मा प्रकाशित

विराटनगर, ३१ भदौ– मोरङमा जापनिज इन्सेफलाइटिसबाट थप तीनजनाको मृत्यु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार इन्सेफलाइटिसका कारण उर्लाबारी–१ की ४४ वर्षीया कमला भण्डारी, उर्लाबारी–३ का ४ वर्षीय उजीर धामी र ८६ वर्षीय दलबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्सव पोखरेलका अनुसार यो सँगै मोरङमा इन्सेफ्लाइटिसका कारण मर्नेको संख्या नौ पुगेको छ ।
यसैबीच रोगको प्रकोप फैलिएपछि जिल्ला जनस्वास्थ्यले प्रभावित क्षेत्रमा औषधि छर्कनुका साथै जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us