समाचार

देश टुक्र्याउँछु भन्नेलाई २५ दिन थुन्न माग

२०७१ असोज २ गते १४:४६

काठमाण्डु, २ असोज– तराईलाई मुलुकबाट अलग गर्ने विवादास्पद अभिव्यक्ति दिएका कारण पक्राउ परेका सीके राउतलाई २५ दिन थुन्न माग गरिएको छ । सरकारी वकिलले उनलाई २५ दिन थुनामा राख्न माग गरेको हो । राष्ट्रिय अखण्डताविरुद्ध मुलुक टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै मोरङ प्रहरीले केही दिनअघि...

होटलमा जबरजस्ती बन्धक बनाउनेहरु पक्राउ

२०७१ असोज २ गते १२:५६

रुपन्देही, २ असोज – होटलमा बस्दै आएका व्यक्तिहरुलाई बन्धक बनाउने कार्यमा संलग्न सिद्धार्थनगर–७ बस्ने ३७ बर्षीय दिपक तामाङसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१३ स्थित होटल लाकौलमा बस्दै आएका दोलखा सुष्माक्षमावती–१ घर भई काठमाण्डु कपन–३ बस्ने ४६ बर्षीय रामराज शिवाकोटी र...

हतियारसहित २५ वर्षे युवक पक्राउ

२०७१ असोज २ गते १२:४३

भक्तपुर, २ असोज – मध्यपुर ठिमी नगरपालिका–७ बाख्राबजार बस्ने सिन्धुपाल्चोक  घर भएका २५ बर्षीय जीवन श्रेष्ठलाई प्रहरीले पेस्तोल १ थान, सोको म्याग्जीन १ थान र गोली ५ राउण्ड सहित पक्राउ गरेको छ । उनलाई बा४५प ७७७६ नम्वरको मोटरसाइकललाई बुधबार मध्यपुर ठिमी नगरपालिका–७ राईटोलमा महानगरीय...

संवाद समितिले पायो असोज १४ सम्मको म्याद

२०७१ असोज २ गते ११:०५

काठमाण्डु, २ असोज – संविधानसभाको विवादित विषयमा सहमति जुटाउन बनेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको म्याद थपिएको छ । समितिलाई असोज १४ गते सम्मको समयसीमा दिएको छ । बिहीबार बसेको संविधानसभा बैठकले सहमति नभएका विवादित विषयको प्रश्नावली बनाएर असोज २१ बाट संविधानसभामा पेश...

नुवाकोटमा दशैं महोत्सव हुने

२०७१ असोज २ गते १०:५४

नुवाकोट, २ असोज – नुवाकोटमा पहिलो पटक हुन लागेको नुवाकोट दशै महोत्सव आउँदोे आइतबारबाट त्रिशूलीमा सञ्चालन हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक त्रिशूली युथ स्पोर्टस् क्लबले जनाएको छ । ‘विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने नाराको साथ सञ्चालन हुन...

भाई गणेश थापालाई सभासद बनाएर कमलले लोक हँसाए : लावती

२०७१ असोज २ गते १०:३२

काठमाण्डु, २ असोज – अध्यक्ष कमल थापाले राप्रपा नेपाललाई एकलौटी चलाएको भन्दै समानान्तर समिति गठन गरेका नेता पदमसुन्दर लावतीले भ्रष्टाचारको अभियोग लागेका गणेश थापालाई सभासद बनाउनु लोक हसाउने काम भएको बताएका छन् । बिहिबार जमलस्थित येल्लो प्यागोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा असन्तुष्ट नेता लावतीले...

मलाई कुनै दबाव र धम्की आएको होइन : भट्टराई

२०७१ असोज २ गते १०:०५

काठमाण्डु, २ असोज – संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले आफूलाई दबाव र धम्की नआएको बताएका छन् । सम्वाद समितिको प्रतिवेदनमाथि संविधानसभामा विहीबार भएको छलफलपछि भट्टराईले दबाव आएपनि खुट्टा नकमाउने स्पष्ट पारेका हुन् । कुनै दललाई आक्षेप लगाउन खोजेको नभई...

परीक्षा नियन्त्रण कार्यालयकाे लापरबाहीले निशाकाे भविष्य डुब्याे

२०७१ असोज २ गते ९:४९

गाेरखा, २ असाेज – परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०७० सालमा लिएको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा लापरबाहीपूर्ण तरिकाले प्रकाशन गरेको पाइएको छ । गोरखा सदरमुकामको शक्ति उमावि केन्द्रबाट नियमिततर्फ एसएलसी परीक्षामा सामेल भएकी महेन्द्रज्योति उमावि दरबारमार्गकी छात्रा निशा खनखवासको नतिजा प्रकाशनमा लापरबाही भेटिएको हो...

माअाेवादीले राजनीतिक सभामा भाग नलिएर अवसर गुमाएः सिंह

२०७१ असोज २ गते ९:०३

काठमाण्डु, २ असोज – उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेकपा–माओवादीले सर्वदलीय राजनीतिक सभामा भाग नलिएर  संविधान निर्माणमा सहमति जुटाउन महत्वपूर्ण अवसर गुमाएको बताएका छन् । नयाँ संविधान सहमति र सहकार्यमा नै तयार हुनुपर्छ भन्ने मूल मान्यताले प्रधानमन्त्री कोइरालाले सर्वदलीय राजनीतिक सभा राख्नुभएको...

मन्त्रिपरिषदमा कुनै हेरफेर हुँदैन : प्रधानमन्त्री कार्यालय

२०७१ असोज २ गते ७:२३

काठमाण्डु, २ असोज –  प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद् हेरफेरका विषयमा प्रचारित समाचार निराधार रहेकाे जनाएकाे छ । केही सञ्चार माध्यमले मन्त्रिपरिषद् हेरफेर गरेको समाचार प्रकाशित/प्रसारित गरेपछि त्यस तर्फ ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री कार्यालयले समाचार निराधार भएको खण्डन गरेको हाे । प्रधानमन्त्री सुशील कोइरालाका प्रेस संयोजक...

पद्मकन्या स्ववियु सभापतिले सचिवलाई संवेदनशिल अङगमा तातो चिया खन्याएपछि

२०७१ असोज २ गते ६:२८

काठमाण्डु, २ असोज – पद्मकन्या क्यापस स्ववियु सभापति नेविसंघ नेतृ स्वस्तिका पोखरेलले स्ववियु सचिव एन्जिला न्यौपानेलाई रिसको झोकमा तातो चिया खन्याइदिएकी छन् । दशै तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा विवाद बढ्दै गएपछि सभापति पोखरेलले न्यौपानेको संवेदनशील अंगमा तातो चिया खन्याइदिएकी हुन् । तातो चियाले...

मानवअधिकार आयोगको अध्यक्षमा शर्मा सिफारिस

२०७१ असोज २ गते ५:२५

काठमाण्डु, २ असोज– संवैधानिक परिषदले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको नाम सिफारिस गरेको छ । परिषदको सिंहदरबारमा बिहीबार बिहान बसेको बैठकले शर्मालाई आयोग अध्यक्षमा सिफारिस गरेको हो । यस्तै आयोग सदस्यमा सर्वोच्चकै पूर्वन्यायाधीश प्रकाश वस्ती तथा अधिकारकर्मीहरु मोहना अन्सारी, सुदीप पाठक र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us