देश टुक्र्याउँछु भन्नेलाई २५ दिन थुन्न माग

काठमाण्डु टुडे २०७१ असोज २ गते १४:४६ मा प्रकाशित

काठमाण्डु, २ असोज– तराईलाई मुलुकबाट अलग गर्ने विवादास्पद अभिव्यक्ति दिएका कारण पक्राउ परेका सीके राउतलाई २५ दिन थुन्न माग ck rautगरिएको छ ।
सरकारी वकिलले उनलाई २५ दिन थुनामा राख्न माग गरेको हो । राष्ट्रिय अखण्डताविरुद्ध मुलुक टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै मोरङ प्रहरीले केही दिनअघि उनलाई पक्रेको थियो । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश दिएलगत्तै बिहीबार सरकारी वकिलले यस्तो माग गरेका हुन् । राउतलाई बिहीबार जहाजबाट
काठमाण्डु ल्याइएको छ । उनलाई शुक्रबार शशरीर सर्वोच्चमा उपस्थित गराइनेछ । राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गरेको आरोपले प्रहरीले उनलाई आइतबार मोरङको रंगेलीबाट पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us