भाई गणेश थापालाई सभासद बनाएर कमलले लोक हँसाए : लावती

काठमाण्डु टुडे २०७१ असोज २ गते १०:३२ मा प्रकाशित

काठमाण्डु, २ असोज – अध्यक्ष कमल थापाले राप्रपा नेपाललाई एकलौटी चलाएको भन्दै समानान्तर समिति गठन गरेका नेता पदमसुन्दर लावतीले भ्रष्टाचारको अभियोग लागेका गणेश थापालाई सभासद बनाउनु लोक हसाउने काम भएको बताएका छन् ।

lawatiबिहिबार जमलस्थित येल्लो प्यागोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा असन्तुष्ट नेता लावतीले यस्तो बताएका हुन् ।

थापाले भ्रष्टाचारको अभियोगमा छानविनको क्रममा रहेका सहोदर भाइलाई चयन गर्नु व्यक्तिवादी, अवसरवादी चरीत्रको निरन्तरता भएको आरोप लगाएका छन् । हो ।

लावतीले थापाको रबैया माथि यस्तो टिप्पणी गरेका छन्, ‘व्यक्तिगत स्वार्थसिद्ध गर्न पार्टीलाई प्रयोग गर्ने, विधान र महाधिवेशनको मर्म विपरीत लचकताको परिभाषा गर्ने, आधारभूत प्रजातान्त्रिक मान्यता प्रतिकूल पार्टीभित्र फरक मतलाई स्थान नदिने, भिन्नमतको सम्मान नगर्ने जस्ता अनुदार कार्यशैलीबाट पार्टीमा एकलौटी गर्ने पार्टी अध्यक्षको मनोकांक्षा देखिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us