काठमाण्डु, २ असोज – प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद् हेरफेरका विषयमा प्रचारित समाचार निराधार रहेकाे जनाएकाे छ ।
केही सञ्चार माध्यमले मन्त्रिपरिषद् हेरफेर गरेको समाचार प्रकाशित/प्रसारित गरेपछि त्यस तर्फ ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री कार्यालयले समाचार निराधार भएको खण्डन गरेको हाे ।
प्रधानमन्त्री सुशील कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले विज्ञप्ती जारी गर्दै मौजुदा मन्त्रिपरिषद्मा कुनै फेरबदल नभएको जनाएका छन् ।
निराधार, अपुष्ट र प्रमाण बिनाका समाचार भ्रम मात्र सिर्जना गर्ने भएकाले त्यस तर्फ ध्यान दिन सञ्चारकर्मीलाई विज्ञप्ती मार्फत आग्रह समेत गरिएको छ ।