संवाद समितिले पायो असोज १४ सम्मको म्याद

काठमाण्डु टुडे २०७१ असोज २ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, २ असोज – संविधानसभाको विवादित विषयमा सहमति जुटाउन बनेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको म्याद थपिएको छ । समितिलाई असोज १४ गते सम्मको समयसीमा दिएको छ ।

caबिहीबार बसेको संविधानसभा बैठकले सहमति नभएका विवादित विषयको प्रश्नावली बनाएर असोज २१ बाट संविधानसभामा पेश गर्ने समयसीमा तोकेको छ ।

राज्यको ,पुनःसंरचना , शाशकीय स्वरुप, न्यायप्रणाली लगायतका विषयमा सहमति जुटन सकेको छैन । यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा भने समितिको म्याद थप्ने विपक्षमा थिए । संविधानसभाले ४ दिनको छलफल पछि समितिको म्याद थपेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us