काठमाण्डु, २१ असोज- प्रधानमन्त्री सुशील कोइरालाले तराईलाई नेपालबाट अलग गर्ने विवादास्पद अभिव्यक्तिका कारण पक्राउ परेका सिके राउतलाई रिहा गर्ने संकेत दिएका छन् । राउतको रिहाइको आग्रह गर्न पुगेका पारिवारिक सदस्य र नागरिक अगुवासँग मंगलबार भएको भेटमा उनले राउतलाई छाड्न आफू सकारात्मक रहेको बताएका हुन्...
महोत्तरी, २१ असोज- महोत्तरीको श्रीपुर गाविस-१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीपुर-१ का घरधनी २७ वर्षीया गुलाबिया देवी-२ बस्ने ३० वर्षीया चन्द्रिकादेवी दास, ८ का ३० वर्षीय छोटु नदाफ, सम्सी-८ का २७ वर्षीय...
काठमाण्डु, २१ असोज- एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेका कारण संविधान निर्माण प्रक्रिया अघि बढ्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संविधानका विवादमा सहमति जुटाउन एमाले बाधक बनेको बताएका हुन् । यद्यपि, आफ्नो पार्टी संविधान निर्माणमा लचिलो बनेको उनको भनाइ छ...
डोटी, २१ असोज- डोटीको छतिवन गाविस ५ कट्कटेमा सोमबार भएको बस दुर्घटनामा एउटै गाउँका १९ जनाको मृत्यु भएको छ । जिल्लाको जोरायलबाट कैलालीको धनगढीका लागि छुटेको ना ३ ख ५७०७ नम्बरको बस सोमबार साँझ दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु...
विदुर, २१ असोज- प्रहरीले नुवाकोटको विदुरबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । विदुर नगरपालिकाका कर्मचारी दामोदर नेपालले सञ्चालन गरेको होटलमा जुवा खेलिरहेका उनीहरुलाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तीन महिला र ५ पुरुष छन् । जुवाडेको साथबाट ५१ हजार नगदसमेत बरामद गरिएको...
काठमाण्डु, २१ असोज सत्तारुढ नेपाली काँग्रेसले आज दसैंका अवसरमा चियापान आयोजना गरेको छ । काँग्रेसले हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दै आएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने चियापानको निम्तो पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला आफैंले बाँडेका छन् ।...
काठमाण्डु, २१ असोज आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरेसँगै सकिंदैछ । आजको दिन राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने...
काठमाण्डु, २१ असोज- प्रधानमन्त्री सुशील कोइरालाले डोटीको छतिवनमा सोमबार भएको बस दुर्घटनाले आफूलाई स्तब्ध तुल्याएको बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै प्रधानमन्त्रीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । नेपालमा सडक...
डोटी, २१ असोज- डोटीको छतिवनमा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २९ पुगेको छ । उपचारका क्रममा थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या २९ पुगेको हो । दुर्घटनामा अरु ६४ यात्रु घाइते भएका छन् । यसअघि २७ जनाको घटनास्थलमै मृत्यु भएको थियो...
दाङ, २० असोज कुलोले बगाउँदा दाङमा आज बिहान एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर नगरपालिका–८ दुधेना निवासी अशोक चौधरीका अढाइ वर्षीय छोरा कृष्ण चौधरीको मृत्यु भएको हो । बिहान करिब ६ बजेतिर घरबाट हराएका बालक चौधरीको शव अहिले...
म्याग्दी, २० असोज- असल चालचलन भएका र आधा कैद भुक्तान गरिसकेका म्याग्दी कारागारका दुई कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ । कारागार व्यवस्थापन विभागको निर्देशनअनुसार दसैँको अवसरमा उनीहरूलाई आइतबार कैद मिनाहा गर्दै मुक्त गरिएको हो । कुटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका ज्यामरुककोटका...
काठमाण्डु, २० असोज मस्लिम समुदायले आज बकर इद पर्व उत्साह र उमङ्गका साथ मनाउँदैछन् । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व मानिने बकर इदलाई जनावरलाई वली दिएर मनाउने पर्वको रूपमा लिईन्छ । बकर इद आजदेखि तिन दिन सम्म मनाइन्छ । इब्राहिमले ईश्वरको आदेश अनुसार आफ्नो...