समाचार

प्रधानन्यायाधीश शर्मा घर जाँदै, सर्वोच्चमा साह आउँदै

२०७१ असोज २३ गते २:५३

काठमाण्डु, २३ असोज प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले उमेर हदका कारण आजबाट अवकास पाउँदैछन् । ५८ वर्षे उमेर हदका कारण शर्माले बिदा पाउन लागेका हुन् । अब रामकुमारप्रसाद साहले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् । न्याय परिषद्ले साहसहित तीन न्यायाधीशको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाएकोमा समितिले गत...

संविधानसभाले अल्झायो दुई माओवादी एकीकरण

२०७१ असोज २३ गते २:३१

काठमाण्डु, २३ असोज- दसैं बिदाको मौका पारेर एकीकृत नेकपा माओवादी र नेकपा- माओवादीका शीर्ष नेताबीच पार्टी एकीकरणबारे आन्तरिक रुपमा पटकपटक गम्भीर छलफल र बहस भए पनि संविधानसभा बाहिर कि भित्रै एकता गर्ने भन्ने विषयमा मतैक्यता हुन सकेको छैन । पार्टी एकीकरण प्रयास गरिरहेका दुई...

चाडबाडमा छुट सहरियालाई मात्र

२०७१ असोज २३ गते २:२५

काठमाण्डु, २३ असोज चाडबाडका बेला सरकारले सुपथ मूल्य पसलमार्फत उपभोक्तालाई खाद्यान्नमा केही सहुलियत दिने गरेको छ । तर यस्ता पसल सहरमा मात्र केन्द्रित भएपछि ग्रामीण क्षेत्रका जनता सहुलियतबाट बञ्चित भएका छन् । सुपथ मूल्य पसलबाट सहरका बासिन्दाले चिनी,चामल तथा नुनमा छुट पाउने गरेका छन्...

अमिरसँग स्वयंसेविकाले मागे साइकल र झुल

२०७१ असोज २३ गते २:०१

कपिलवस्तु, २३ असोज-nकपिलवस्तु पकडी-३ की स्वयंसेविका चम्पा केवटलाई वलिउड स्टार अमिर खानले बुधबार सोधे, ‘काम गर्न कत्तिको गह्रो छ ?’ सधै पर्दामा देखिने चर्चित नायकले सामुन्ने यस्तो प्रश्न गरेपछि सुरुमा अलमलमा परिन् उनी । एकैछिनमा सम्हालिएर उत्तर दिईन्,‘एउटा साइकल भइदिए अझ गतिलो गरी काम...

कपिलवस्तु पुगेर काठमाण्डु फर्किए अमिर खान

२०७१ असोज २२ गते १०:३४

काठमाण्डु, २२ असोज मंगलबार नेपाल आएका चर्चित भारतीय अभिनेता अमिर खान एक कार्यक्रमका लागि कपिलवस्तु पुगेका छन् । अमिर युनिसेफले सञ्चालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी भए । उनले करिब एक घण्टा त्यहाँ बिताए । आमिरले आमा समूह र महिला स्वयंसेविका ले कुपोषित बालबालिकाको उपचार...

ऋषि धमलालाई सभासद बनाउनुपर्ने प्रस्ताव

२०७१ असोज २२ गते ८:४९

काठमाण्डु, २२ असोज- सदभावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले रिपोर्टर्स  क्लबका अध्यक्ष ऋषि धमलालाई संविधान सभामा लैजानुपर्ने बताएका छन् । सहमतिको राजनीतिलाई बढावा दिन निरन्तर सक्रिय रहेको भन्दै उनले काँग्रेस–एमालेलाई पनि धमलालाई संसदमा ल्याउन पहल गर्नुपर्ने धारणा राखेका छन् । रिपोर्टर्स  क्लबमा बुधबार भएको साक्षात्कारमा...

निराश र हतास हुने बेला भएको छैनः भट्टराई

२०७१ असोज २२ गते ८:२८

काठमाण्डु, २२ असोज- संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानका मुख्य विषयमा दलीय सहमति नहुँदैमा निराश हुने अवस्था नआएको बताएका छन् । संविधानसभाको बुधबारको बैठकमा समितिको प्रतिवेदन पेस गर्दै उनले हिम्मत हार्ने बेला नआएको बताए । भट्टराईले राज्य पुनर्संरचना, शासकीय स्वरुप,...

आन्दोलनको घोषणा सहमतीय राजनीति बिथोल्ने षडयन्त्र: केसी

२०७१ असोज २२ गते ७:५९

काठमाण्डु, २२ असोज- काँग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमाओवादीसहित २२ दलीय मोर्चाले आन्दोलनको घोषणा गरेर सहमतिको राजनीति विथोल्ने षडयन्त्र गरेको दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले अन्तिम समयसम्म पनि सहमतिको लागि प्रयत्न गर्न आफूहरु प्रतिबद्ध रहेको स्पष्ट...

प्रधानमन्त्री कोइराला र प्रचण्डबीच भेटवार्ता

२०७१ असोज २२ गते ७:४९

काठमाण्डु, २२ असोज- प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब एक घण्टासम्म चलेको भेट वार्तामा संविधान निर्माणका जटिलता र अवरुद्ध संसद सुचारु गराउने विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले...

रोल्पामा हतियारसहित चारजना पक्राउ

२०७१ असोज २२ गते ७:३२

रोल्पा, २२ असोज रोल्पाको गौरीगाउँबाट प्रहरीले हतियारसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगाउँका २४ वर्षीय टिकाराम पुनमगर, १९ वर्षीय विक्रम पुनमगर, २३ वर्षीय प्रवीण डाँगी र २२ वर्षीय दुर्गाबहादुर झाँक्री रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट एक...

लिम्बुवान् क्रान्तिकारीको बन्दले मेची राजमार्ग ठप्प

२०७१ असोज २२ गते ७:१८

सुनसरी, २२ असोज-पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै लिम्बुवान् क्रान्तिकारी पार्टीले बुधबार बिहानैबाट मेची राजमार्ग अवरुद्ध पारेको छ। पाँचथरको फिदिमबाट प्रहरीले केही महिनाअघि पक्राउ गरेका पार्टीका कार्यकर्ता मनिष हेल्लोकलाई बिनासर्त रिहाइको माग गर्दै उक्त पार्टीले  बुधबारबाट अनिश्चितकालका लागि मेची राजमार्ग अवरुद्ध पारेको हो ।...

नवविवाहित जोडीको चुमान विधि सम्पन्न

२०७१ असोज २२ गते ७:११

धनुषा, २२ असोज- कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको ‘चुमान’ विधि मङ्गलबार राति सम्पन्न भएको छ। पछिल्लो एक वर्षभित्र विवाह भएका दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलहाका घरमा गएर गरिने वरपुजन परम्पराको ‘चुमान’ विधि गएराति महोत्तरीसहितका मिथिलाक्षेत्रमा सम्पन्न भएको हो।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us