संविधानसभाले अल्झायो दुई माओवादी एकीकरण

काठमाण्डु टुडे २०७१ असोज २३ गते २:३१ मा प्रकाशित

काठमाण्डु, २३ असोज- दसैं बिदाको मौका पारेर एकीकृत नेकपा माओवादी र नेकपा- माओवादीका शीर्ष नेताबीच पार्टी एकीकरणबारे आन्तरिक रुपमा पटकपटक गम्भीर prachanda-baidhyaछलफल र बहस भए पनि संविधानसभा बाहिर कि भित्रै एकता गर्ने भन्ने विषयमा मतैक्यता हुन सकेको छैन ।
पार्टी एकीकरण प्रयास गरिरहेका दुई माओवादी दलमा संविधानसभाबारे दुई धार देखिएको छ । गत आइतबार एक कार्यकर्ताको थापाथलीस्थित निवासमा भएको छलफलमा दुवै पार्टीका शीर्ष नेताले संविधानसभाबारे प्रस्ट रुपमा फरक दृष्टिकोण राखेका थिए ।

एमाओवादीका नेता द्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले संविधानसभाबाट संविधान बनाउने सर्तमा मात्र पार्टी एकता हुन सक्ने अडान राखेका थिए भने अन्य नेताले आवश्यकता परे बाहिरिएर पनि एकता गर्न तयार हुनुपर्ने धारणा राखेका थिए ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us