अमिरसँग स्वयंसेविकाले मागे साइकल र झुल

काठमाण्डु टुडे २०७१ असोज २३ गते २:०१ मा प्रकाशित

कपिलवस्तु, २३ असोज-nकपिलवस्तु पकडी-३ की स्वयंसेविका चम्पा केवटलाई वलिउड स्टार अमिर खानले बुधबार सोधे, ‘काम गर्न कत्तिको गह्रो छ ?’ सधै पर्दामा देखिने amir khanचर्चित नायकले सामुन्ने यस्तो प्रश्न गरेपछि सुरुमा अलमलमा परिन् उनी ।
एकैछिनमा सम्हालिएर उत्तर दिईन्,‘एउटा साइकल भइदिए अझ गतिलो गरी काम गर्न सक्ने थिएँ ।’ उनले अमिरसित गाउँका महिलालाई घरघरमा पुगेर सघाउन पाउँदाको खुसी साट्दै साइकल माग गरेकी हुन् । १७ वर्षदेखि गाविसमा स्वयंसेविकाका रुपमा काम गरेको सुनाउँदै उनले माग पूरा गरिदिन आग्रहै गरिन् ।
उनीजस्तै १८ वर्षदेखि स्वयमसेविका रहेकी अजोरमति रैदासलाई अमिरले अब के भयो भने राम्रो हुन्छ’ भनी सोधे । उनले सबै महिलालाई झुल दिन सकियो भने राहत पुग्ने बताइन । लामखुट्टेबाट रोगव्याधी फैलने हुँदा पहिले आफ्नो सुरक्षाका लागि झुल मागेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us