निराश र हतास हुने बेला भएको छैनः भट्टराई

काठमाण्डु टुडे २०७१ असोज २२ गते ८:२८ मा प्रकाशित

काठमाण्डु, २२ असोज- संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानका मुख्य विषयमा दलीय सहमति नहुँदैमा निराश हुने Baburam-Bhattarai_AP_20120907053211अवस्था नआएको बताएका छन् ।
संविधानसभाको बुधबारको बैठकमा समितिको प्रतिवेदन पेस गर्दै उनले हिम्मत हार्ने बेला नआएको बताए । भट्टराईले राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे सहमति हुन नसकेको संविधानसभालाई जानकारी गराएका थिए ।

भट्टराईले मुलुकको राजनीति विशिष्ट कालण्डमा रहेको चर्चा गर्दै यस्तो बेला राजनीतिको सामान्य नियमले काम नगर्ने बताए ।  ‘हामीले आश मार्ने, हिम्मत हार्ने बेला भइसकेको छैन ’ उनले भने, ‘राजनीति भनेको अंक गणित नभएर विजगणित जस्तो हो, सरल रेखामा सरल बगेन, तुरुन्तै सहमति भएन भनेर हतासिनु हुँदैन ।’ उनले १२ बुँदे सहमतिका सहयात्री दलबीच संविधानका मूलभूत विषयमा सहमति प्रयास गर्नुपर्ने बताए ।

भट्टराईले राज्य पुनःसंरचना र शासकीय स्वरुपबारे सहमतिको प्रयास गर्नुपर्ने बताए । १२ बुँदे सहमतिका सहयात्रीहरु एउटै डुंगाको यात्री भन्दै उनले सहमतिका साथ अघि बढ्दा सँगै पार तर्ने र नभए सँगै डुब्ने उल्लेख गरे । संविन्धान नबन्दा वा गलत संविधान बन्दा दुवै अवस्थामा आफूहरु डुब्ने उनको भनाइ थियो । भट्टराईको प्रतिवेदनमाथि संविधानसभामा बिहीबारबाट छलफल सुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us