कपिलवस्तु पुगेर काठमाण्डु फर्किए अमिर खान

काठमाण्डु टुडे २०७१ असोज २२ गते १०:३४ मा प्रकाशित

काठमाण्डु, २२ असोज मंगलबार नेपाल आएका चर्चित भारतीय अभिनेता अमिर खान एक कार्यक्रमका लागि कपिलवस्तु पुगेका छन् ।
amirअमिर युनिसेफले सञ्चालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी भए ।

उनले करिब एक घण्टा त्यहाँ बिताए । आमिरले आमा समूह र महिला स्वयंसेविका ले कुपोषित बालबालिकाको उपचार गर्ने विधिको अवलोकन गरे । त्यहाँबाट उनी लुम्बिनी प्रस्थान गरेका थिए ।  मायादेवी मन्दीरको अवलोकन गरी अमिर बुधबार अपराह्न राजधानी फर्केका छन् ।

दुई दिने नेपाल भ्रमणका सिलसिलामा उनी मंगलबार काठमाण्डु आएका थिए । ८ सुरक्षागार्डसहित आएका उनी राजधानीको द्वारिकाज होटलमा बसेका छन् ।
टेलिभिजन टक शो ुसत्यमेव जयतेको नयाँ संस्करणको तयारीमा जुटेका अमिरलाई युनिसेफले नेपाल ल्याएको हो । उनी  युनिसेफको सद्भावना दूत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us