रोल्पामा हतियारसहित चारजना पक्राउ

काठमाण्डु टुडे २०७१ असोज २२ गते ७:३२ मा प्रकाशित

रोल्पा, २२ असोज रोल्पाको गौरीगाउँबाट प्रहरीले हतियारसहित चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरीगाउँका २४ वर्षीय टिकाराम पुनमगर, १९ वर्षीय विक्रम पुनमगर, २३ वर्षीय प्रवीण डाँगी र २२ वर्षीय दुर्गाबहादुर झाँक्री रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सोको पाँच राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेकाहरुले उक्त हतियार ओढारमा फेला पारेको बयान दिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक नवीनराज राईले बताए ।

प्रहरीले पक्राउ परेकाहरुलाई जिल्ला अदालत रोल्पाको आदेशमा अनुसन्धानका लागि म्याद थप्ने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us