प्रधानन्यायाधीश शर्मा घर जाँदै, सर्वोच्चमा साह आउँदै

काठमाण्डु टुडे २०७१ असोज २३ गते २:५३ मा प्रकाशित

काठमाण्डु, २३ असोज प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले उमेर हदका कारण आजबाट अवकास पाउँदैछन् ।
Damodar-Prasad-Sharma५८ वर्षे उमेर हदका कारण शर्माले बिदा पाउन लागेका हुन् । अब रामकुमारप्रसाद साहले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् । न्याय परिषद्ले साहसहित तीन न्यायाधीशको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाएकोमा समितिले गत असोज १४ मा संसदीय सुनुवाइ गरी साहको नाम अनुमोदन गरेको थियो ।

समितिले वरिष्ठ न्यायाधीशको नाम अनुमोदन गरेपछि संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्ने र राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us