आज काँग्रेसको चियापान

काठमाण्डु टुडे २०७१ असोज २१ गते ६:०० मा प्रकाशित

काठमाण्डु, २१ असोज सत्तारुढ नेपाली काँग्रेसले आज दसैंका अवसरमा चियापान  आयोजना गरेको छ ।
NC-Flagकाँग्रेसले हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दै आएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने चियापानको निम्तो पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला आफैंले बाँडेका छन् ।

चियापानमा अधिकांश राजनीतिक दलका प्रमुख नेता, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, सभासद र उद्योगी व्यवसायीलगायतलाई बोलाइएको छ ।

संस्थापक नेता बीपी कोइरालाले २०३५ सालमा कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु गरेको चियापानलाई काँग्रेसले बीपीको निधनपछि पनि निरन्तरता दिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us