नेपाल टुक्र्याउन खोज्ने सिके राउत छाड्न प्रधानमन्त्री सकारात्मक

काठमाण्डु टुडे २०७१ असोज २१ गते ९:४६ मा प्रकाशित

ck rautकाठमाण्डु, २१ असोज- प्रधानमन्त्री सुशील कोइरालाले तराईलाई नेपालबाट अलग गर्ने विवादास्पद अभिव्यक्तिका कारण पक्राउ परेका सिके राउतलाई रिहा गर्ने संकेत दिएका छन् ।
राउतको रिहाइको आग्रह गर्न पुगेका पारिवारिक सदस्य र नागरिक अगुवासँग मंगलबार भएको भेटमा उनले राउतलाई छाड्न आफू सकारात्मक रहेको बताएका हुन् । प्रधानमन्त्रीले राउतको रिहाइबारे गृहमन्त्री बामदेव गौतमसँग कुरा गर्ने आश्वासनसमेत दिएका छन् ।

कोइरालाले राजाको शासनमाजस्तो लोकतान्त्रमा बोलेकै आधारमा पक्राउ गर्न नमिल्ने बताएका छन् । लोकतन्त्रमा बोलेकै आधारमा पक्राउ गर्ने हो भने राजतन्त्र र लोकतन्त्रबीच कुनै अर्थ हुँदन, उनले भने ।

नेपाललाई मधेसबाट अलग गर्नुपर्ने अभियान चलाएको भन्दै मोरङको रंगेलीबाट गत २८ भदौमा पक्राउ गरेको थियो । विशेष अदालतले अनुसन्धानका लागि थुनामा राख्न दिएको १५ दिने म्याद मंगलबार सकिंदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us