काठमाण्डु, २० असोज मस्लिम समुदायले आज बकर इद पर्व उत्साह र उमङ्गका साथ मनाउँदैछन् ।
मुस्लिम समुदायको दोस्रो ठूलो पर्व मानिने बकर इदलाई जनावरलाई वली दिएर मनाउने पर्वको रूपमा लिईन्छ । बकर इद आजदेखि तिन दिन सम्म मनाइन्छ ।
इब्राहिमले ईश्वरको आदेश अनुसार आफ्नो छोरालाई बली दिन तयार भएकाले ईश्वरले छोराका सट्टा जनावरको बली दिनु चौपायको कुवार्नी दिने चलन चलेको विश्वास छ ।
यसदिन बिहान मुस्लिम समुदाय स्नान गरी राम्रो सफा लुगा लगाइ इदगार वा मस्जिदमा गइ सामूहिक नमाज पाठ गरी सकेपछि इद मुबारक भन्दै एकापसमा शुभकामना आदानप्रदान गर्दछन् ।
बकर इदमा नमाज पढेपछि कुर्बानी अर्थात बलि दिने परम्परा छ । ईदमा खसी, बोका, बाख्रा, राँगा, भैंसी, भेंडा, उँट, लगायतका पशुचौपायको कुर्बानी दिने गरिएको छ । कुर्वानी दिएको जनावरको मासुलाई तीन लगाई एक भाग परिवारलाई, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब दीन दुःखी र विपन्नलाई दिने गरिन्छ । यसैबीच बकर इदका अवसरमा सरकारले आज सार्वजानिक बिदा दिएको छ