डोटी बस दुर्घटनाबाट स्तब्ध छुः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ असोज २१ गते ५:३७ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, २१ असोज- प्रधानमन्त्री सुशील कोइरालाले डोटीको छतिवनमा सोमबार भएको बस दुर्घटनाले आफूलाई स्तब्ध तुल्याएको बताएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै प्रधानमन्त्रीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

नेपालमा सडक दुर्घटना ठूलो समस्याका रुपमा रहेको उल्लेख गर्दै उनले साँघुरा कच्ची सडक, क्षमताभन्दा बढी यात्रु, सवारी मर्मतमा हेलचेक्रेयाईं तथा चालकको असावधानी दुर्घटनाको मुख्य कारण रहेको औंल्याएका छन् ।

प्रधानमन्त्रीले आगामी दिनमा कमजोरी हटाउदै सडछ दुर्घटनाबाट भइहेको मानवीय क्षति रोक्न संस्थागत प्रयासको थालनी गरिने बचनबद्धता समेत व्यक्त गरेका छन् ।

साँघुरा कच्चि सड्क, सवारी साधनमा भारबहन क्षमता भन्दा बढी यात्रुको चाप, सवारी साधनको मर्मत संभारमा हेलचक्र्याई, चालकहरुको असावधानीका साथै सीट नभए पनि जबरजस्ती कोचिएर यात्रा गर्ने यात्रुहरुको प्रबृत्तिले यस्ता दुःखद दुर्घटनामा कमी आउन सकेको छैन ।

यस दुःखद घडीमा आगामी दिनमा यस्ता कमजोरी हटाउदै सड्क यातायात दुर्घटनाबाट भैरहेको मानवीय क्षति रोक्न संस्थागत प्रयासको थालनी गरिने बचनबद्धता व्यक्त गर्दछु ’ विज्ञप्तिमा भनिएको छ ।

डोटीको जोरायलबाट धनढीका लागि छुटेको ना ३ ख ५७०७ नम्बरको बस छतिवन गाविस ५ कट्कटेमा सोमबार दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us