डोटी, २१ असोज- डोटीको छतिवनमा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
उपचारका क्रममा थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या २९ पुगेको हो । दुर्घटनामा अरु ६४ यात्रु घाइते भएका छन् । यसअघि २७ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
घाइतेको कैलाली र नेपालगञ्जका साथै भारतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
डोटीको जोरायलबाट धनढीका लागि छुटेको ना ३ ख ५७०७ नम्बरको बस छतिवन गाविस ५ कट्कटेमा सोमबार दुर्घटना भएको थियो । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटना भएको डोटीले जनाएको छ ।