समाचार

सर्वदलीय बैठक बोलाउने संवाद समितिको निर्णय

२०७१ असोज २० गते ८:०८

काठमाण्डु, २० असोज- संविधानसभाअन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमबार बसेको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको छ । मंगलबारसम्म संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको समितिले निर्धारित समयमा सहमति नजुट्ने देखेपछि अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको हो ।...

पोर्चुगलका नेपालीले सम्झिए पोष्टबहादुरलाई

२०७१ असोज २० गते ८:०२

पोर्चुगल- एमाओवादीका दिवंगत नेता स्वर्गीय पोष्टबहादुर बोगटीको निधनको शोकमा पोर्चुगलमा रहेका नेपालीले कार्यक्रम गरेका छन् । नेपाली जनप्रगतिशील मञ्च र्पोर्चुगले लिस्बोनको रोसियोस्थित शेर्पा किदुकको हलमा आयोजना गरेको कार्यक्रममा पोर्चुगलमा रहेका राजनीतिक र सामाजिक संगठनहरुका प्रतिनिधि र मञ्चमा आवद्ध व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा...

नयाँ संविधानमा धार्मिक स्वतन्त्रता ग्यारेण्टी गरिन्छः प्रधानमन्त्री

२०७१ असोज २० गते ७:०९

काठमाण्डु, २० असोज- प्रधानमन्त्री सुशील कोइरालाले मुस्लिम समुदायको महान् चाड बकर इदका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा सबैको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ । नेपाल अनेक भाषा, धर्म, संस्कृति, भेशभूषा र परम्परा...

एमाओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा

२०७१ असोज १९ गते १५:४७

काठमाण्डु, १९ असोज एकीकृत माओवादीले तोकिएकै समयमा संविधान जारी हुने ग्यारेण्टी भए शासकीय स्वरुपमा थप लचकता अपनाउन तयार रहेको जनाएको छ । संविधानका विवादमा सहमति जुटाउने प्रयासमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल बैठकमा माओवादीले त्यसबारे लिखित प्रस्ताव पेस गरेको हो ।...

दसैंमा माइत हिंडेकी बुहारी बेपत्ता पारेको आरोपमा चारजना पक्राउ

२०७१ असोज १९ गते १५:०१

नुवाकोट, १९ असोज– दसैँमा टीका लगाउन माइत गएकी बुहारी बेपत्ता भएपछि प्रहरीले घरका चारजनालाई पक्राउ गरेको छ । जिलिङ–३ दाहालडाँडाका कृष्णप्रसाद दाहालकी श्रीमती ३१ वर्षीया सीता दाहाल बेपत्ता भएकी हुन् । शनिबार माइत जान घरबाट निस्केकी सीता माइतीघर नपुगेपछि माइती पक्षले प्रहरीमा उजुरी दिएको...

सहमतिमै संविधान लेखन प्रक्रिया अगाडि बढाउन आग्रह

२०७१ असोज १९ गते १३:३३

काठमाण्डु,१९ असोज एमाओवादीसहित विपक्षी दलको संयुक्त गठबन्धनले सहमतिकै आधारमा संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले विगतमा विभिन्न चरणमा भएका सहमति तथा सम्झौताका आधारमा पनि सहमतीय प्रक्रिया नै संविधान निर्माणको प्रमुख आधार भएकाले बहुमतीय...

प्रचण्डद्वारा इदको शुभकामना

२०७१ असोज १९ गते १३:२५

काठमाण्डु, १९ असोज- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको महान् चाड वकर इद (इदुल अज्हा) का अवसरमा शुभकामना सन्देश दिएका छन् । उनले प्रेम र सद्भाव आदान–प्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदायलाई स्वतन्त्रता र सम्वृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने...

दसैंको भोज खाँदा एकको मृत्यु, १४ बिरामी

२०७१ असोज १९ गते १३:१५

चौतारा, १९ असोज–  विजया दशमीेको बेलुका छिमेकीसहित परिवारजनसँग बसेर भोज खाएर बिरामी परेका सिन्धुपाल्चोकमा एकको मृत्यु भएको छ भने अन्य १४ जना सख्त बिरामी परेका छन् । बिरामी सबैको चौतारा अस्पतालमा उपचार हुन नसकेपछि काभ्रेको धुलिखेल अस्पताल तथा राजधानी लगिएको छ । मृत्यु हुनेमा...

कोदालोले हानेर भाइको हत्या

२०७१ असोज १९ गते १३:०९

अर्घाखाँची, १९ असोज- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० किमडाँडा खालमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । किमडाँडाको खाल निवासी रामबहादुर रानाले सामान्य आपसी विवादमा आइतबार बिहान ५ बजे घरमै कोदालोले हानेर १७ वर्षीय भाइ खिमबहादुर रानाको हत्या गरेका हुन् । कोदालोले हानेर भाइको घटनास्थलमै...

सम्बन्ध विच्छेदको कारण वैदेशिक रोजगारी र प्रेम विवाह

२०७१ असोज १९ गते १३:०६

भक्तपुर, १९ असोज- भक्तपुरमा सम्बन्ध विच्छेदको घटना अत्यधिक रूपमा बढेको छ । एक वर्षको अवधिमा भक्तपुरमा १२८ वटा सम्बन्ध विच्छेद भएको भक्तपुर जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत भक्तपुरबाट आव २०७०÷०७१ मा १२८ वटा सम्बन्ध विच्छेद भएकोे अदालतका श्र्रेस्तेदार खड्गराज अधिकारीले बताए ।...

चमेरी गुफा प्रचारप्रसारको पर्खाइमा

२०७१ असोज १९ गते १३:००

दाङ, १९ असोज- तुलसीपुर नगरपालिका वडा नं १ मुलकोटो र हलवार गाविस वडा नं ५ को सिमानामा अवस्थित चमेरी गुफा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । करिब दुईदशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्नेसके वाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गराइ...

दसैंका यात्रु चढेको बस दुर्घटना, २० घाइते

२०७१ असोज १९ गते १२:५३

गोरखा, १९ असोज- गोरखाको हर्मी गाविस–१ बयापानीमा यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । हर्मीबाट यात्रु बोकेर तनहुँको डुम्रेका लागि छुटेको ध १ ख १८० नम्बरको बस बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । दसैँको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us