दसैंका यात्रु चढेको बस दुर्घटना, २० घाइते

काठमाण्डु टुडे २०७१ असोज १९ गते १२:५३ मा प्रकाशित

गोरखा, १९ असोज- गोरखाको हर्मी गाविस–१ बयापानीमा यात्रुबाहक बस दुर्घटना हुँदा २०
जना घाइते भएका छन् ।
हर्मीबाट यात्रु बोकेर तनहुँको डुम्रेका लागि छुटेको ध १ ख १८० नम्बरको बस बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।
दसैँको टीका लगाएर फर्केका यात्रुले खचाखच भरिएको गाडी दुर्घटना भएको हो । गाडीमा करिब ५० यात्रु थिए ।बस सडकबाट करिब १२० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us