काठमाण्डु, २० असोज- प्रधानमन्त्री सुशील कोइरालाले मुस्लिम समुदायको महान् चाड बकर इदका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा सबैको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।
नेपाल अनेक भाषा, धर्म, संस्कृति, भेशभूषा र परम्परा भएका विभिन्न जातजातिको साझा फूलबारी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हरेक नेपालीमा निहित सहिष्णुता, सहनशीलता र मिलनसारिताले एकापसमा सौहार्द सम्बन्ध विकसित गरेको र यसले नेपालको राष्ट्रियतालाई सबल बनाएको उल्लेख गरेका छन् ।
उनले बकर इद हर्षोल्लासपूर्वक सम्पन्न होस् भन्ने शुभेच्छासहित संविधानसभाबाट संविधान लेखनको कार्य भइरहेको यस ऐतिहासिक अवसरमा आउँदो संविधानमा पनि नेपाल धार्मिक र सांस्कृतिक स्वतन्त्रताको प्रत्याभूति गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
।