नुवाकोट, १९ असोज– दसैँमा टीका लगाउन माइत गएकी बुहारी बेपत्ता भएपछि प्रहरीले घरका चारजनालाई पक्राउ गरेको छ ।
जिलिङ–३ दाहालडाँडाका कृष्णप्रसाद दाहालकी श्रीमती ३१ वर्षीया सीता दाहाल बेपत्ता भएकी हुन् । शनिबार माइत जान घरबाट निस्केकी सीता माइतीघर नपुगेपछि
माइती पक्षले प्रहरीमा उजुरी दिएको थियो ।
उजुरीका आधारमा आइतबार सीताका श्रीमान कृष्णसहित चार जनालाई प्रहरीले पक्रेको स्थानीय जयराम दाहालले जानकारी दिए । सीताका दाजु पोस्तकप्रसाद अधिकारीले आफ्नी बहिनीलाई परिवारले घरबाटै बेपत्ता पारेको आरोप लगाए ।