काठमाण्डु, १८ असोज एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सबै पार्टीबीच संघीयता र शासकीय स्वरुपमा सहमति हुने सम्भावना नरहेको उल्लेख गर्दै प्रक्रियामा गएर भएपनि मुलुकलाई माघ ८ गते संविधान दिनुपर्ने बताएका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा ज्ञवालीले अहिले पनि दलहरुबीच सहमति कायम गर्न अधिक प्रयास...
काठमाण्डु, १८ असोज-काँग्रेस नेतृ सुजाता कोइरालाले राज्य पूनसंरचना गर्दा विकेन्द्रिकरणसहितको पाँच विकास क्षेत्रलाई नै संघीय ढाँचामा रुपान्तरण गर्नुपर्ने बताएकी छन् । रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा नेतृ कोइरालाले राज्यको पूर्नसंरचना गर्दा अहिलेकै जस्तो पाँच विकास क्षेत्रलाई विकेन्द्रिकरण हुने गरी उत्तर–दक्षिण कोरिडोर खुल्ला गरेर संघीय...
सप्तरी, १८ असोज- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा शनिबार बिहान यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्वक्षेत्रीय प्रहरी विराटनगरका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ५७२८ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ किनारमा पल्टिएको हो । गम्भीर घाइते भएका...
विराटनगर, १८ असोज- मोरङ जिल्लामा एकै दिन दुई महिलासहित चार जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार मधुमल्ला गाविस–३ बस्ने ५४ वर्षीया छायादेवी विकले शुक्रबार साँझ ६ बजे आफ्नै घरमा झुण्डी आत्महत्या गरेकी छिन् । यस्तै, राजघाट–२ बस्ने १७ वर्षीया...
दाङ, १८ असोज- दाङको सौडीकुलामा शनिबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रोल… बा २४ प ७२८० र भे ४प ५३८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दाखाक्वाडी–७ प्यूठान घर भइ तुलसीपुर गुल्ममा कार्यरत प्रहरी जवान तिलकबहादुर खड्का र बिजौरी निवासी देवराज योगीको...
काठमाण्डु, १८ असोज बडादशैंअन्तर्गत टिकाको दोश्रो दिन आज पनि हिन्दू नेपालीहरुले मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशिर्वाद लिने क्रम जारी छ । दशमीको दिन मान्यजनबाट टिका लगाउन नभ्याउनेले आज एकादशीका दिन टीका लगाउने चलन छ । । विशेष गरी टाढाटाढा रहेका आफन्तहरु दशमीको दिन...
म्याग्दी, १८ असोज- म्याग्दीको पिप्ले- ९ मौवाफाँटमा भाइले आफ्नै दाजुको हत्या गरेका छन् । आपसी भनाभनका क्रममा १८ वर्षीय भाइ शुरेस खोरजाले धारिलो हतियार प्रहार गरी २० वर्षीया दाजु कुमारको शुक्रबार राति हत्या गरेका हुन् । बेनीको हाँडेभिरमा आफन्तकोमा टिका लगाई घर फर्कने क्रममा...
गोरखा,१८ असोज- गोरखा अस्पतालका एम्बुलेन्स चालकको शौचालयमा शव फेला परेको छ । तीन दिनदेखि हराइरहेका एम्बुलेन्स चालक ६१ वर्षीय सुविराज गुरुङ अस्पतालको शौचालयमा मृत भेटिएका हुन् । जिल्लाको ताप्ले–८ स्थायी घर भएका गुरुङको शव शौचालयमा फेला परेको गोरखा प्रहरी प्रमुख नायब उपरीक्षक रमेश थापाले जानकारी...
काठमाण्डु, १७ असोज- विजया दशमी आज मान्यजन तथा आफन्तबाट टिका जमरा लगाई हर्षोल्लासका साथ मनाईदैछ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा विजया दशमीमा मान्यजन तथा आफन्तबाट टिका, जमरा तथा आशिर्वाद ग्रहण गर्ने प्रचलन छ । टिकाको उत्तम साइत बिहान सवा...
काठमाण्डु, १७ असोज– विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री सुशील कोइरालाले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिएका छन् । उनीहरुले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना गरेका छन्...
बाजुरा, १६- असोज बाजुराको काडा गाविसमा स्यालको टोकाइबाट ५ जना घाइते भएका छन । काडा गाविस-५ का ५५ वर्षीया काडा पदमराज जैशी, काडा- ९ का बने बुढा, दल नेपाली, लोखी नेपाली र उनका ८ महिनाका छोरालाई स्यालले टोकेको हो । घाइतेको काडा उपस्वास्थ्यचौकीमा उपचार...
काठमाण्डु, १६ असोज–यस वर्ष बिजयादशमीको टीका लगाउने साइत विहान सवा दश बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असोज १७ गते शुक्रवार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर...