पाँच विकास क्षेत्रलाई नै संघीय ढाँचामा परिवर्तन गुर्नुपर्छ:सुजाता

काठमाण्डु टुडे २०७१ असोज १८ गते १०:३८ मा प्रकाशित

sujataकाठमाण्डु, १८ असोज-काँग्रेस नेतृ सुजाता कोइरालाले राज्य पूनसंरचना गर्दा विकेन्द्रिकरणसहितको पाँच विकास क्षेत्रलाई नै संघीय ढाँचामा रुपान्तरण गर्नुपर्ने बताएकी छन् ।
रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा नेतृ कोइरालाले राज्यको पूर्नसंरचना गर्दा अहिलेकै जस्तो पाँच विकास क्षेत्रलाई विकेन्द्रिकरण हुने गरी उत्तर–दक्षिण कोरिडोर खुल्ला गरेर संघीय पदेश बनाउनुपर्र्नेे बताइन्  । संघीय राज्य बनाउँदा धेरै कुराको सोच विचार गर्नुपर्ने भन्दै उनले संघीय प्रणालीबारे सहमतिमा जान दलहरुवीच सहमति नभए त्यसलाई थाती राखेर भए पनि माघ ८ गते नै संविधान जारी गर्नुपर्नेमा जोड दिइन् ।
नेतृ कोइरालाले जातीयताले मुलुकको हित नगर्ने स्पष्ट पार्दै राष्ट्रिय हित हुने गरी अहिलेकै जस्तो पाँच विकास क्षेत्रलाई राज्यको पूर्नसंंरचना गर्नुपर्ने धारणा राखिन् । तत्कालिन पार्टी सभापति स्व. गिरिजा प्रसाद कोइरालाले पनि पाँच विकास क्षेत्रमा नै आधारित उत्तर–दक्षिण खुल्ला रहनेगरि संघीय प्रदेश बनाउन सुझाव दिएको स्मरण गर्दै कोइरालाले सोही अनुरुप हुनुपर्ने अडान लिएकी हुन् । उनले गिरिजा बाबुले केन्द्रिय कार्यसमितिको बैठकमा भन्नुभएको भनाई उद्धृत गर्दै भनिन्– यदि मेरो भावना अनुरुप राज्य प्रदेश बनेन भने मेरो लासमाथि कुल्चिएको सरह हुनेछ,–सुजाताले भनिन ।
कोइरालाले भनिन्–‘देशको विकासका लागि पनि हामीले उत्तर–दक्षिण कोरिडोर सँधै खुल्ला हुने खालको राज्यको पूर्नसंरचना गर्नुपर्छ । संघियताको नाममा नेपाललाई कसैले पनि फूटबल खेल बनाउनुहुँदैन ।’
कोइरालाले अधिकार सम्पन्न संघीयता बनाउने नाममा जातीयताको आधारमा गए मुलुकमा भाँडभैलो मच्चिने बताउँदै कसैले पनि आफ्नो हित हेर्न नहुने सुझाव दिइन् । उनले संघीयता केन्द्रलाई बलियो बनाउने भन्दा पनि गाउँलाई बलियो बनाउने खालको अधिकतम सम्पन्न ग्रामिण विकास हुनुपर्ने समेत बताएकी छिन् । यद्धपी शासकीय स्वरुपमा भने कोइरालाले जस्तो सुकै मोडल अपनाए पनि कम्तीमा पनि एउटा सरकारले पाँच वर्ष शासन गर्न पाउनु पर्ने व्यवस्था हुनुपर्ने स्पष्ट गरन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us