सप्तरी, १८ असोज- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा शनिबार बिहान यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
पूर्वक्षेत्रीय प्रहरी विराटनगरका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ५७२८ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ किनारमा पल्टिएको हो ।
गम्भीर घाइते भएका नौ जनालाई उपचारार्थ न्युरो अस्पताल विराटनगर लगिएको छ । अन्यको सप्तरीकै अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । बस चालक फरार छन् ।