काठमाण्डु, १५ असोज– हिन्दू नेपालीहरुको महान चाड बडादसैंको सातौं दिन, आज प्रत्येक नेपालीका घरघरमा फूलपाती भित्र्याइँदैछ । दसैँघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । नवपत्रिकाको नामले समेत चिनिने...
काठमाण्डु, १५ असोज–राजधानीको मरुटोलनिवासी ५७ वर्षीया बीना शाक्य पूजाका लागि सबेरै काष्ठमाण्डप परिसरमा रहेको धनुषा मन्दिर पुग्छिन । मानिसको चहलपहल सुरु हुनुअघि साढे पाँच बजेभित्र उनी मन्दिरबाट बाहिरिसक्छिन् । सोही टोलका धेरैलाई थाहै हुँदैन उनले मन्दिरमा पूजा गरेको । तान्त्रिक पूजा पनि गर्न सक्ने...
काठमाण्डु, १५ असोज–थुनामा रहेका बन्दीलाई आफूले रोजेको कानुन व्यवसायीसँग खुला भेटघाट गर्न दिन महान्यायधिवक्ताको कार्यालयले कारागार व्यवस्था विभागलाई परिपत्र गरेको छ । परिपत्रमा बन्दी भेटघाटमा अवरोध नगर्न विभागमार्फत मुलुकभरका जेल प्रशासनलाई परिपत्र गर्नसमेत भनिएको छ । नख्खु कारागारसहित अन्य बन्दीगृह र हिरासतमा रहेका बन्दीलाई...
काठमाण्डु, १५ असोज– सरकारी अस्पतालको ओपिडी सेवा वर्षमा १० दिनभन्दा बढी बन्द गर्न नपाइने भएको छ । दसैं तथा तिहारजस्ता लामो बिदा हुने पर्वमा समेत लगातार दुई दिनभन्दा बढी ओपिडी सेवा बन्द हुने छैन । साप्ताहिकबाहेक हरेक पर्व तथा सार्वजनिक बिदामा अस्पतालको ओपिडी सेवा...
काठमाण्डु, १५ असोज– भौतिक पूर्वाधार तथा यातायातमन्त्री विलेन्द्र निधिले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएर भए पनि अवरुद्ध सदन खुलाउन सरकार तयार रहेको बताएका छन् । धादिङको बेनीघाट र गोरखाको घ्याल्चोक जोड्ने त्रिशूली नदीमा निर्मित पक्की पुलको उद्घाटन कार्यक्रममा...
सोलु, १५ असोज– शिक्षक सेवा आयोगले नेपाली नागरिकताका आधारमा भन्दै विदेशीलाई स्थायी शिक्षकमा नियुक्ति दिएको छ । आयोगले गत वर्ष शिक्षक पदपूर्तिका निम्ति लिएको परीक्षामा सोलुखुम्बुमा शिक्षण गर्दै आएका हेमन्तकुमार सिंहलाई स्थायी निुयुक्ति दिएको हो । उनी अंग्रेजी विषयका शिक्षकका रुपमा छनोट भएका हुन्...
काठमाण्डु– दसैं रमझम, भेटघाट र पूजाआजाको मात्रै होइन, स्वादिष्ट खानाको पनि पर्व हो । सन्तुलित खानपानले मान्छेको शरीरलाई सही पोषण दिन्छ । खानपानमा ध्यान नदिए बालबालिका, बूढापाका र स्वास्थ्य कमजोर भएकाहरुका लागि बढी जोखिमपूर्ण हुन्छ । विज्ञहरुका अनुसार दसैं–तिहारजस्ता चाडपर्वमा स्वस्थ रहन खानपानमा निकै...
पोखरा, १४ असोज कर्मचारी कुट्ने नेपाली काँग्रेस कास्कीका उपसभापति विष्णु बाँस्तोला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार उनलाई कर्मचारी कुटेको आरोपमा हेम्जाबाट पक्रेको हो । बाँस्तोलाले नियमविपरीत चेक काट्न अस्वीकार गरेको भन्दै उनले सोमबार पोखरा उपत्यका नगर विकास समितिका लेखा अधिकृत...
काठमाण्डु, १४ असोज – एमाले अध्यक्ष केपी ओलीले पार्टीमा जोडघटाउमा लागेर भाग नखोज्न आग्रह गरेका छन् । पार्टी कुनै नेताको पैतृक सम्पती नभएकाले यसलाई भागवण्डामा चलाउनु आवश्यक नरहेको बताएका छन् । झापा क्षेत्र नम्बर ७ ले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा अभिनन्दन कार्यक्रममा...
मकवानपुर, १४ असोज – मकवानपुरको एक गाउँमा बाबुआमाको झगडामा च्यापिएर दुई महिने शिशुको मृत्यु भएको छ । थाहा नगरपालिका–१० फाखेलका ३१ बर्षीय बुद्ध गोम्बा र ३४ बर्षीया श्रीमती लक्ष्मीबीच सोमबार दिउसो भएको झै–झगडामा परी दुई महिनाको छोरा अंकित गोम्बाको च्यापिएर मृत्यु भएको हो ।...
काठमाण्डु, १४ असोज – एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले अवरुद्ध संसद सुचारु गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाइनुपर्ने दावी गरेका छन् । ‘चार बुँदे सहमति अन्तरगत प्रचण्डलाई राजनीतिक संयन्त्रको संयोजक बन्ने कुरामा कांग्रेसले मान्यो, एमालेका अरु नेताले पनि माने...
बेल्जियम , १४ असोज – प्रधानमन्त्री सुशील कोइरालाले सबै मिलेर मुलुक बनाउने समय आएको बताएका छन् । युरोपेली मुलुक र इजरायलमा कार्यरत राजदूत र नियोग प्रमुखहरुलाई निर्देशन दिँदै उनले लोकतन्त्रमा बाहेक मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने भएकाले अब बन्दै गएको वातावरणलाई विकससँग जोडेर...