प्रचण्डलाई उच्चस्तरीय समितिको संयोजक बनाउनुपर्छ: निधि

काठमाण्डु टुडे २०७१ असोज १५ गते २:२६ मा प्रकाशित

काठमाण्डु, १५ असोज– भौतिक पूर्वाधार तथा यातायातमन्त्री विलेन्द्र निधिले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ bimalendra nidhiलाई दिएर भए पनि अवरुद्ध सदन खुलाउन सरकार तयार रहेको बताएका छन् ।
धादिङको बेनीघाट र गोरखाको घ्याल्चोक जोड्ने त्रिशूली नदीमा निर्मित पक्की पुलको उद्घाटन कार्यक्रममा मन्त्री निधिले लामो समयदेखि अवरुद्ध सदन खुलाउनका लागि कांग्रेस–एमाले प्रचण्डलाई राजनीतिक संयन्त्रको नेतृत्व दिन तयार हुनुपर्ने बताए ।
एमाओवादी र प्रचण्डसँग तर्सिएर भाग्नु उपयुक्त नहुने बताउँदै कांग्रेस नेतासमेत रहेका निधिले चार बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बताए । उनले एमाओवादीको मागप्रति सरकार सकारात्मक रहेपनि उसले एकपछि अर्को बखेडा झिक्ने गरेको आरोप लगाए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us