समाचार

अश्लील प्रेमीहरुको भागाभाग

२०७१ असोज १४ गते २:०६

काठमाण्डु– केही समयअघि यौनजन्य फिल्मको भैले आएको थियो ।  विशेष गरी लुट र चपली हाइटपछि छाडा शब्द र दृश्य राखेर फिल्म बनाउनेहरु सलबलाएका थिए ।  लुट र चपलीहाइटले पैसा कमाएको देखेपछि  न्यूनतम ख्यालसमेत नगरी  अश्लिललाई बढावा  दिएका फिल्म बग्रेल्ती बने । तर कालान्तरमा त्यस्ता...

राजमार्गका १६५ होटलमध्ये १५ मात्र खान योग्य

२०७१ असोज १४ गते १:४६

काठमाण्डु, १४ असोज– राजमार्गका होटल वा रेस्टुरेन्टमा खाना खाने योजना बनाउनुभएको छ भने पहिला त्यहाँ हरियो वृत्ताकार टाँसिएको छ कि छैन, हेर्नुहोला । यस्तो स्टिकर नटाँसिएको होटल र रेष्टुरेन्टमा खाना खाँदा ठगिने मात्र होइन, बिरामी पनि पर्न सक्नुहुनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण...

भट्टराईले अघि सारे ८ वा १० प्रदेशको प्रस्ताव

२०७१ असोज १४ गते १:४०

काठमाण्डु, १४ असोज– एमाओवादी वरिष्ठ नेता एवं संविधानसभा संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधानमा नमिलेका प्रमुख तीन विषय राज्य पुनसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे नयाँ प्रस्ताव अघि सारेका छन् । कांग्रेस र एमालेले भने भट्टराईको प्रस्तावले बन्न लागेको सहमतिलाई बिगारेर संविधान निर्माण प्रकृया...

एमाओवादी नेताको भिरबाट लडेर मृत्यु

२०७१ असोज १३ गते १३:२३

मन्थली, १३ असोज– एमाओवादी रामेछापका जिल्ला नेता शुभराज सुनुवारको भिरबाट लडेर मृत्यु भएको छ । सोलुको रावादोलु गाविसमा लाग्ने साप्ताहिक हाट पुगेर कुभुकास्थली–८ स्थित घर फर्कंदै गर्दा सुनुवार भिरबाट लडेका थिए । सुनुवार कुभुकास्थली–६ को सेलेलेझाजको भिरबाट लडेका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका...

दशैंअघि संसद बैठक नबस्ने

२०७१ असोज १३ गते १२:२६

काठमाण्डु, १३ असोज – एकीकृत माओवादीसहितका विपक्षी दलहरुले सोमबारको व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् । लामो समयदेखि अवरुद्ध संसद दसैं अघि नखुल्ने भएको छ । विपक्षीको अवरोधपछि सभामुख सुवासचन्द्र नेम्वाङले बैठक दसैंपछि असोज २२ गतेसम्म स्थगित भएको सुनाए । उनले अवरोधका बीच सभासदहरुलाई...

सिके राउतलाई किन सुटुक्क भेटे भारतीय राजनीतिज्ञले ?

२०७१ असोज १३ गते ११:५९

काठमाण्डु, १३ असोज– तराईलाई नेपालबाट अलग गर्नुपर्ने अभियान चलाएका कारण पक्राउ परेका सिके राउतलाई  एक भारतीय राजनीतिज्ञले गोप्य भेटघाट गरेको खुलासा भएको छ । राउतलाई भारतीय पूर्वमन्त्री तथा वर्तमान लोकसभा सदस्य शशी थरुरले भेटेका हुन् । उनी प्रमुख विपक्षी कँग्रेस आईका नेता हुन् ।...

सर्वपक्षीय सम्मेलनको मिति तोक्नु गल्तीः माओवादी

२०७१ असोज १३ गते ११:५८

काठमाण्डु, १३ असाेज – नेकपा–माओवादीले सर्वपक्षीय राजनीतिक सम्मेलनको मिति तोक्नु गल्ती भएको ठहर गरेको छ। असोज ८ गते देखि ११ गतेसम्म तीनदिनको पोलिटव्युरो बैठकले, लिखित सहमति नगरी मिति निर्धारित गर्नु गल्ती भएको निष्कर्ष निकालेको हो। प्रमुख राजनीतिक दलले सर्वपक्षीय राजनीतिक सम्मेलनलाई एकदिने अन्तक्रिया जस्तो...

दुई विद्यार्थी बगेर बेपत्ता

२०७१ असोज १३ गते ११:४३

चितवन, १३ असाेज – मुकुन्दपुरमा नारायणी नदीमा नुहाउन गएका २ जना विद्यार्थीलाई नदीले बगाएकाे छ ।   नदीमा पौडी खेल्ने क्रममा उनीहरु आइतबारदेखि बेपत्ता भएका छन् ।   रत्नराज्य लक्ष्मी उच्च मावि मुकुन्दपुरमा कक्षा १० मा अध्ययरत  लेखनाथ पौडेल र कक्षा ८ का विकास...

काठमाण्डुमा जुवाखालबाट ६ जना पक्राउ

२०७१ असोज १३ गते ११:२७

काठमाण्डु, १३ असोज– प्रहरीले काठमाण्डुको चाबहिलबाट ६ जना जुवाडेलाई सोमबार पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले चाबहिलस्थित पशुपति क्याम्पस नजिकैबाट उनीहरुलाई पक्रेको हो । महाशाखाका अनुसार पक्राउ परेका जुवाडेहरुका साथबाट दुई लाख नगद, तीन लाख बराबरका विभिन्न बैंकका चेक र...

गुण्डागर्दी गर्दै हिँड्ने युवा सङ्घका केन्द्रीय सदस्यविरुद्ध मुद्दा

२०७१ असोज १३ गते ११:२२

खोटाङ, १३ असाेज –  गुण्डागर्दी गर्दै हिँड्ने युवा सङ्घका केन्द्रीय सदस्यविरुद्ध चार  मुद्दा दर्ता भएको छ। खोटाङको दोर्पाचिउरी डाँडा–५ घर भएका युवा सङ्घ नेपालका केन्द्रीय सदस्य दिलचक्र भनिने दिलकुमार राईविरुद्ध चार वटा मुद्दा दर्ता भएको हो। उनले एकै दिन गत भदौ १७ गते फरकफरक...

जमरा पुजामा राखेको दियोले आगलागी

२०७१ असोज १३ गते ११:१७

काठमाण्डु, १३ असोज – काठमाण्डुको पुतली सडकस्थित एक घरमा आगलागी भएको छ । गगन कंसाकारको घरको चौथो तलामा डेरा गरि बस्ने यज्ञबहादुर कार्कीको कोठामा आगलागी भएको हो। बोतलमा राखेको पेट्रोल पोखिएर, जमरा पुजामा राखिएको दियोले भेटेर आगलागी भएको प्रहरीले जनाएको छ। साेमबार दिउसाे आगो...

तीन दलकाे मिसन असफल : थापा

२०७१ असोज १३ गते ११:०८

झापा, १३ असोज –  राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलकाे ‘मिसन’ असफल भएको दाबी गरेका छन् । विर्तामोडमा राप्रपा नेपाल विर्तामोड नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा थापाले तीन दल दसैँअघि जनतालाई संविधानको पहिलो मस्यौदा दिने प्रतिबद्धताबाट चुकेको बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us