दशैंअघि संसद बैठक नबस्ने

काठमाण्डु टुडे २०७१ असोज १३ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, १३ असोज – एकीकृत माओवादीसहितका विपक्षी दलहरुले सोमबारको व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् ।

caलामो समयदेखि अवरुद्ध संसद दसैं अघि नखुल्ने भएको छ । विपक्षीको अवरोधपछि सभामुख सुवासचन्द्र नेम्वाङले बैठक दसैंपछि असोज २२ गतेसम्म स्थगित भएको सुनाए ।
उनले अवरोधका बीच सभासदहरुलाई दसैंको शुभकामना दिएका छन् । यसरी अवरोधका बीच शुभकामना दिनु पर्दा आफूलाई दुःख लागेको उनले बताए ।

यसअघि विपक्षी दलहरुको तर्फबाट बोल्ने सदभावनाका सभासद लक्ष्मणलाल कर्णले आफूहरु सहमतिको पक्षमा रहेको भन्दै दसैंअघि नै सदन खोल्नु पर्नेमा जोड दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us