काठमाण्डुमा जुवाखालबाट ६ जना पक्राउ

काठमाण्डु टुडे २०७१ असोज १३ गते ११:२७ मा प्रकाशित

juwaकाठमाण्डु, १३ असोज– प्रहरीले काठमाण्डुको चाबहिलबाट ६ जना जुवाडेलाई सोमबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले चाबहिलस्थित पशुपति क्याम्पस नजिकैबाट उनीहरुलाई पक्रेको हो ।

महाशाखाका अनुसार पक्राउ परेका जुवाडेहरुका साथबाट दुई लाख नगद, तीन लाख बराबरका विभिन्न बैंकका चेक र जुवा खेल्न प्रयोग गरिने १३ वटा सिक्का बरामद भएको छ । त्यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

चाडपर्व नजिकिएसँगै प्रहरीले राजधानीमा जुवातास विरुद्धको अभियान तीव्र पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us