तीन दलकाे मिसन असफल : थापा

काठमाण्डु टुडे २०७१ असोज १३ गते ११:०८ मा प्रकाशित

झापा, १३ असोज –  राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलकाे ‘मिसन’ असफल भएको दाबी गरेका छन् ।

Kamal-Thapa-Raprapa-Nepalविर्तामोडमा राप्रपा नेपाल विर्तामोड नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा थापाले तीन दल दसैँअघि जनतालाई संविधानको पहिलो मस्यौदा दिने प्रतिबद्धताबाट चुकेको बताए ।

तोकिएको समयमा संविधान निर्माण नहुने दाबी गर्दै उनले संविधान निर्माणमा दबाब दिन दसैँ, तिहार, छठलगत्तै आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

उनले संविधानको सुनिश्चितता, सनातन हिन्दू राज्यसहितको संविधानका लागि दसैँ तिहारलगत्तै आन्दोलनको घोषणा गर्नेसमेत बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us