दुई विद्यार्थी बगेर बेपत्ता

काठमाण्डु टुडे २०७१ असोज १३ गते ११:४३ मा प्रकाशित

चितवन, १३ असाेज – मुकुन्दपुरमा नारायणी नदीमा नुहाउन गएका २ जना विद्यार्थीलाई नदीले बगाएकाे छ ।  

नदीमा पौडी खेल्ने क्रममा उनीहरु आइतबारदेखि बेपत्ता भएका छन् ।  

रत्नराज्य लक्ष्मी उच्च मावि मुकुन्दपुरमा कक्षा १० मा अध्ययरत  लेखनाथ पौडेल र कक्षा ८ का विकास विक वेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us