एमाओवादी नेताको भिरबाट लडेर मृत्यु

काठमाण्डु टुडे २०७१ असोज १३ गते १३:२३ मा प्रकाशित

maoist-flagमन्थली, १३ असोज– एमाओवादी रामेछापका जिल्ला नेता शुभराज सुनुवारको भिरबाट लडेर मृत्यु भएको छ ।

सोलुको रावादोलु गाविसमा लाग्ने साप्ताहिक हाट पुगेर कुभुकास्थली–८ स्थित घर फर्कंदै गर्दा सुनुवार भिरबाट लडेका थिए ।

सुनुवार कुभुकास्थली–६ को सेलेलेझाजको भिरबाट लडेका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रमेशकुमार वस्नेतले झण्डै २ सय ५० मिटर तल पुगेका सनुवारको घटनास्थलमानै ज्यान गएको बताए । उनी एमाओवादी रामेछापका अगुवा नेता थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us