अश्लील प्रेमीहरुको भागाभाग

काठमाण्डु टुडे २०७१ असोज १४ गते २:०६ मा प्रकाशित

काठमाण्डु– केही समयअघि यौनजन्य फिल्मको भैले आएको थियो ।  विशेष गरी लुट र चपली हाइटपछि छाडा शब्द र दृश्य राखेर फिल्म बनाउनेहरु सलबलाएका थिए ।  लुट र chapali hiteचपलीहाइटले पैसा कमाएको देखेपछि  न्यूनतम ख्यालसमेत नगरी  अश्लिललाई बढावा  दिएका फिल्म बग्रेल्ती बने ।
तर कालान्तरमा त्यस्ता फिल्म  र फिल्मकर्मीको भागाभाग भएको छ ।  अश्लील र छापापनलाई स्थान दिएर फिल्म बनाउने। खेल्ने मात्र होइन, निर्देश्न गर्नेहरु पनि दुई वर्षको अवधिभित्रै रजतपटबाट लगभग हराएका छन् । अचेल छाडा विषय र प्रस्तुतिका फिल्म बन्न पनि करिब–करिब बन्द भएको छ । लुट र चपली हाइटलाई सेन्सर बोर्डले पर्याप्त मात्रामा आँखा नलगाएकाले छाडा गाली र दृश्यका फिल्म बग्रेल्ती बने ।
। दिनेश थापाले सोनिया शर्मा, जिया केसी र सविना कार्कीलाई लिएर छाडागाली र लाजमर्दो दृश्य राखेर एटीएम बनाए । एटिएमको प्रोमो निकै आलोचित, विवाद र घृणित atmमात्र भएन, अब नेपाली फिल्म कता जान्छ भनेर गम्भीर बहस नै चल्यो । त्यसपछि नै चलचित्रमा सेन्सर कडा भएर आयो । चलचित्र विकास बोर्डले त स्क्रिप्ट अध्ययन समिति नै गठन गर्‍यो । चलचित्रजस्तो स्वतन्त्र र सशक्त माध्यममाथि सेन्सरले कडा कैंची लगाउन थाल्यो । त्यसको मार अहिले पनि छ । फिल्म बनाउनु पहिले नै सेन्सरबाट स्क्रिप्ट पास गराउनुपर्छ । जसले गर्दा फिल्म निर्माण अझ झण्झटिलो भएको छ ।
एटिएमफछि यौन केन्द्रित रिङरोड, बर्बाद, द रेप, लक, वेललगायतका फिल्म बने । तर, ती कुनैले दर्शकको मन जित्न सकेनन् । यौनजन्य फिल्ममा अभिनय गरेर आफूलाई स्टार सोच्नेहरु अहिले कुन दुलामा पसेका छन्, भेटाउन गाह्रो पर्छ । एटिएमका जिया, सबिना र सोनियाको फिल्म करियर कस्तो चल्दैछ, कसैले चासो राख्दैन ।

lutएटीएम निमार्ता थापाले मलेसियामा पसल खोलेका छन् । निर्देशक यादव सिलवाल गाई पालनमा । जिया, सविना र सोनियाको हात खाली छ । राज तिमल्सिनासँग सिलसिला र राजभाईमा टङकिस दिएर केही समय चर्चामा आएकी सोनिया अचेल के गर्दै छिन् अत्तोपत्तो छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us