अस्पतालको ओपिडी वर्षमा १० दिनभन्दा बढी बन्द गर्न नपाइने

काठमाण्डु टुडे २०७१ असोज १५ गते २:२९ मा प्रकाशित

काठमाण्डु, १५ असोज– सरकारी अस्पतालको ओपिडी सेवा वर्षमा १० दिनभन्दा बढी बन्द गर्न नपाइने भएको छ ।
दसैं तथा तिहारजस्ता लामो बिदा हुने पर्वमा समेत लगातार दुई दिनभन्दा बढी ओपिडी सेवा बन्द हुने छैन । साप्ताहिकबाहेक हरेक पर्व तथा सार्वजनिक बिदामा अस्पतालको ओपिडी सेवा बन्द हुँदा उपचार सेवा प्रभावित भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदा कटौतीको निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले ओपिडी बन्द हुने १० दिनमध्ये पनि लगातार दुई दिनभन्दा बढी गर्न नपाउने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us