कर्मचारी कुट्ने काँग्रेस उपसभापति पक्राउ

काठमाण्डु टुडे २०७१ असोज १४ गते १५:४० मा प्रकाशित

पोखरा, १४ असोज कर्मचारी कुट्ने नेपाली काँग्रेस कास्कीका उपसभापति विष्णु बाँस्तोला पक्राउ परेका छन् ।
nc leaderजिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार उनलाई कर्मचारी कुटेको आरोपमा हेम्जाबाट पक्रेको हो । बाँस्तोलाले नियमविपरीत चेक काट्न अस्वीकार गरेको भन्दै उनले सोमबार पोखरा उपत्यका नगर विकास समितिका लेखा अधिकृत दयामोहन आचार्यलाई कुटपिट गरेका थिए ।

बाँस्तोला समितिका अध्यक्ष हुन् । आचार्यले सुरक्षाको मागसहित वडा प्रहरी कार्यालय वैदाममा उजुरी दिएका थिए । बाँस्तोलाले आफूले आचार्यलाई नकुटेको दाबी गरेका छन् ।

पोखरा—८ सिमलचौरस्थित विश्वेश्वर शिव पञ्चाङ्ग मन्दिरका लागि ५१ हजार रुपैयाँ र अर्को एक आमा समूहलाई ५१ हजार रुपैयाँ भुक्तानी दिन अध्यक्ष बास्तोलाले चेक काट्न भनेका थिए। तर मन्त्रालयको स्वीकृतबिना अनुदानका लागि चेक काटन् नमिल्ने भन्दै लेखा अधिकृतले चेक काट्न मानेका थिएनन् ।

नियमविपरीत भुक्तानीका चेक काट्न अस्वीकार गरेका कारण आफूमाथि हातपात भएको आचार्यले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us