बाबुआमाको झगडामा च्यापिएर दुई महिने छाेराकाे मृत्यु

काठमाण्डु टुडे २०७१ असोज १४ गते १२:१६ मा प्रकाशित

मकवानपुर, १४ असोज – मकवानपुरको एक गाउँमा बाबुआमाको झगडामा च्यापिएर दुई महिने शिशुको मृत्यु भएको छ ।

थाहा नगरपालिका–१० फाखेलका ३१ बर्षीय बुद्ध गोम्बा र ३४ बर्षीया श्रीमती लक्ष्मीबीच सोमबार दिउसो भएको झै–झगडामा परी दुई महिनाको छोरा अंकित गोम्बाको च्यापिएर मृत्यु भएको हो ।

गोम्बा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us